मंगलामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

Gandaki Kotihome

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चा गठन भएको छ ।

पालिकाको केन्द्र बाबियाचौरमा भएको संयुक्त प्रथम सम्मेलनले मनसुवी सापकोटाको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारीको ३५ सदस्यीय र यामबहादुर विकको अध्यक्षतामा दलित मुक्ति मोर्चाको ४५ सदस्यीय कमिटि चयन गरेको हो ।

Notice about ban dadalo

सम्मेलनको उद्घाटन गर्दै दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर बिकले माओवादीले उठाएको समावेशी, समानुपातिक व्यवस्था र विभेद अन्त्यको मुद्दा संबिधानमा सम्बोधन भएको र त्यसवाट दलित, जनजाति समुदाय र महिला लाभान्वित हुन थालेका बताउनुभयो ।

Shreekrishna hardwear in news

माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी, ज्योति लामिछाने, मनमाया चोचाङ्गी, वाइसीएलका प्रदेश सहसंयोजक पुनम खड्का, माओवादीका पालिका अध्यक्ष यामबहादुर रोका, दलित मुक्ति मोर्चाका जिल्ला इञ्चार्ज पदम किसान र जिल्ला संयोजक पृथीलाल विकले माओवादीको एजेण्डा अनुसार लागू भएको संघीय ब्यवस्थाको व्यवहारिक कार्यान्वयन गरि जनतालाई सेवा, सुविधा, विकास र सम्बृद्धिको अनुभव गराउन आगामी चुनावमा माओवादीलाई जिताउनुपर्ने बताउनुभयो ।

यामबहादुर बिकको अध्यक्षता, सारदा पाण्डेको सञ्चालन र ओममाया किसानको स्वागत मन्तब्यमा सम्मेलन सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...