पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

Add Samajik bikash office

बगरफाँट। म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा रु. एक लाख हस्तान्तरण गर्नुभयो ।

शर्मा दम्पत्तिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घिमिरे र प्रअ छेमबहादुर गर्बुजालाई नगदका साथै विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । आन्द्राको क्यान्सरबाट थलिएकी विनिताको यही फागुन १० गते भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा २१ वर्षको उमेरमा निधन भएको थियो ।

Shreekrishna hardwear in news

नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक उपाध्यक्ष, वर्तमान केन्द्रिय परिषद् सदस्य, नेपाल प्रेस युनियन म्याग्दीका संस्थापक सभापति शर्मा रासस, इमेज च्यानल, आर्थिक अभियान दैनिक, बेनी साप्ताहिक लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

“छोरीको उपचारका लागि मेरा आफन्त, छिमेकी, सहकर्मी, संघ संस्था, पुर्व विद्यार्थी, छोरीका साथीहरुबाट रु. २२ लाख असी हजार सहयोग प्राप्त भएको थियो,” शर्माले भन्नुभयो “उपचारका क्रममा बचेको रु. ६३ हजारमा परिवारको तर्फबाट रु. ३७ हजार थप गरेर विनिताको सम्झनामा अक्षयकोष बनाउने निर्णय गरेका हौ ।”

Bhautik ministry notice about road

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरले स्थापना गर्नुभएको अक्षयकोष गरिव विपन्न विद्यार्थीको पठनपाठनमा परिचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । सो कार्यक्रममा सरस्वती आधारभूत विद्यालयको स्तरोन्नतिका लागि सञ्चालित आर्थिक संकलन अभियानको बारेमा पनि जानकारी गराइएको थियो ।

प्रअ गर्बुजाले गत कात्तिक महिनादेखि शुरु भएको अभियान अन्तरगत हालसम्म २६ जनाबाट रु. १२ लाख ५२ हजार तीन हजार चार सय घोषणा भएकोमा रु. एक लाख ९३ हजार ४०० जम्मा भएको जानकारी दिनुभयो ।

विद्यालयलाई स्तरोन्नति गरेर कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गर्न आर्थिक संकलन अभियान थालिएको शिक्षक प्रेमबहादुर कार्कीले बताउनुभयो । यसअघि कक्षा ५ सम्मको पढाई हुने गरेको थियो । हाल कक्षा ७ सम्म पढाई हुने विद्यालयमा ९६ जना विद्यार्थी रहेका शिक्षक घनदेवी पुन घर्तिले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनी बजारका विद्यालयमा विद्यार्थीको चाप बढेकाले नजिक रहेको सरस्वती आधारभूतको स्तरोन्नति गर्न लागिएको आर्थिक संकलन अभियानका संयोजक कृष्ण थापाले बताउनुभयो ।

नेपाल सरकारका सेवा निवृत्त सहसचिव मदन थापाले सरस्वती आधारभूतलाई स्तरोन्नति गरेर कृषि क्याम्पसमा रुपान्तरण गर्ने अवधारणा प्रस्तुत गर्नुभयो । स्थानीय भद्रबहादुर कार्कीले विद्यालयको सुधारका लागि समुदायले चासो दिनुपर्ने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...