म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा

Add Samajik bikash office

सजिना खड्का

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ ।
रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा आयोग (राजपत्र अनंकित प्रथम श्रेणी, प्रशासन सेवा) र शिक्षक सेवा आयोग (आधारभूत तह) तयारी कक्षा बिहिबारदेखि शुरु गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुका लागि समयसापेक्ष ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी निजामति सेवा तथा शिक्षक सेवा प्रवेश गर्न सहयोग पुर्याउनका लागि तयारी कक्षाको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

“लोक सेवा आयोग र शिक्षक सेवा आयोगका परीक्षा उत्तिर्ण गरि विभिन्न सरकारी कार्यालयहरु तथा विद्यालयहरुमा कार्यरत स्रोत व्यक्तिहरुवाट २ महिना सहिजकरण गरिनेछ,” उहाँले भन्नुभयो “म्याग्दी जिल्लाबाट निजामति सेवा प्रवेश र शिक्षक सेवाआयोगमा उतीर्ण हुने दरमा प्रवेश संख्या वढ्ने अपेक्षा गरिएको छ ।”

Bhautik ministry notice about road

१५० जनाको सहभागिता रहेको तालिमको उद्घाटन गर्नुहुदै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले वैदेशिक रोजगारलाई आधार वनाएका विद्यार्थी वर्गहरुको सोचमा तालिमले रुपान्तरण ल्याउने आशा व्यक्त गर्नुभएको ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता, क्याम्पस प्रमुख गोरख जिसीको स्वागत र सहायक क्याम्प प्रमुख सुवेदीको सञ्चालनमा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

विश्व विद्यालय अनुदान आयोगबाट बि.स. २०७६ मा गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) प्रमाणपत्र पाएको म्याग्दी क्याम्पसले नियमित पठनपाठनका अतिरिक्त विद्यार्थीहरुलाई तालिमको समेत व्यवस्था गरेको छ ।

वि.स. २०४८ देखि समुदायद्धारा सञ्चालन भएको म्याग्दी क्याम्पस क्युएए प्रमाणपत्र पाउने धौलागिरी क्षेत्रकै पहिलो र एकमात्र क्याम्पस हो । सेमेस्टर प्रणाली अन्तरगत यस बर्षदेखि स्नातक तहमा बिआइसिटीई र शिक्षा शास्त्र संकायमा बिज्ञान बिषयको पठनपाठन शुरु गरेको छ ।
ब्यवस्थापन संकायमा दश जोड दुई, स्नातक र स्नाकोत्तर, शिक्षा र मानबिकी संकायमा स्नातक तहसम्मको पठनपाठन हुन्छ । एक हजार ३५० जना बिद्यार्थी अध्ययनरत छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...