प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई तीन स्वर्ण

Gandaki Pardesh notice

बेनी । पोखरामा बिहिबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन म्याग्दीका खेलाडीले तीन वटा स्वर्ण पदक दिलाएका छन् ।

गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन सहभागि भएका म्याग्दीका तीन जनाले स्वर्ण पदक दिलाएका हुन् ।

Bhautik ministry notice about road

जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानका अनुसार ६८ केजी भन्दा माथिको समूहमा ममता गर्बुजा, ७४ केजी मुनीको समूहमा कृपेश शर्मा र ४४ केजी मुनीको तौल समूहमा इसा गर्बुजाले स्वर्ण पदक दिलाउनुभएको हो । अन्य खेलहरु बाँकी छन् ।

Shreekrishna hardwear in news

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दीका २३ जना खेलाडी, दुई जना सहायक र एक जना प्रमुख प्रशिक्षक सहभागि भएका तेक्वान्दो संघ म्याग्दीले जनाएको छ । सहभागी खेलाडीहरुलाई बुधबार बेनीमा जिल्ला खेलकुद विकास समिति र तेक्वान्दो संघले बिदाई गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...