कमेरे पहिरो नियन्त्रण योजना शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को कमेरे स्थित पहिरो नियन्त्रण योजना शुरु भएको छ ।

बेनी नगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समितिले कालीगण्डकी नदी किनार र कमेरे पहिरोको फेदीमा ग्यावीयन पर्खाल निर्माण थालेका हुन् । समितिका मिन थापाले ९० थान ग्यावीयन भरेर पर्खाल बनाउन लागिएको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नदी कटान र पहिरो नियन्त्रणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. दश लाख बजेट बिनियोजन गरेको छ । कमेरेको पहिरोका कारण सारेमारे–ढोडेनी जोड्ने सडक जोखिममा परेको छ । सामुदायिक वनमा क्षति पुगेको छ ।

Shreekrishna

बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर रावलले कमेरेका साथै यसपाली सिम र आनन्दबगरमा नदि नियन्त्रण योजनालाई बजेट बिनियोजन गरेको बताउनुभयो । ती योजनाका उपभोक्ता समिति गठन र सम्झौता गरी कार्यान्वयनको तयारी भएको उहाँले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...