बिद्याज्योतिको भवन निर्माण धमाधम

Add Samajik bikash office

मल्लाज । विकास वेल्जियमको सहयोगमा पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित बिद्याज्योति माबिको भवन निर्माण भैरहेको छ । भवन बनाउनका लागि बिकास बेल्जियमले करिब रु. एक करोड सहयोग गरेको छ ।

बिकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । बिकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बिद्यालयको भवन बनाउन गाउँपालिकालाई रु. ९७ लाख ३६ हजार ३५४ दशमलब १४ उपलब्ध गराएको जानकारी दिनुभयो ।

रु. दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि कर सहित रु. एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ती कन्ट्रक्सन इन्जिनियरीङले ठेक्का लिएको थियो ।

Shreekrishna hardwear in news

२०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तल भवनको कुल खर्च हुने रकमको ७५ प्रतिशत बिकास बेल्जीयम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको थियो । संस्थाले ब्यहोर्ने मध्यको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार ढलान सकिएको भवनको पलास्टर, रंगरोगन, बिद्युत, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उहाँले बताउनुभयो । आगामी दुई महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मजदुर परिचालन गरिएको छ । पुरानो भवन जिर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र बिकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको थियो ।

प्र.अ. रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा हाल २७० जना बिद्यार्थी छन् । बि.स. २००४ मा स्थापना भएको बिद्याज्योति धवलागिरी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ । नयाँ भवन निर्माण भएपछि पठनपाठन र शैक्षिक गतिबिधीमा सहज हुने शिक्षक, बिद्यार्थी र ब्यवस्थापन समितिका पदाधीकारीको अपेक्षा छ ।

बिकास बेल्जियमले यसअघि धवलागिरी गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुल देखि डिलफाँट हुदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो ।

ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...