ताकममा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित

Gandaki Pardesh notice

गोपाल आचार्य

ताकम

। म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र स्थानीय संघ संस्थाको समन्वयमा आयोजना गरेको शिविर सोमबारदेखि शुरु भएको थियो ।

चार दिनसम्म सञ्चालन भएको शिविरमा ८९५ जनाको आँखा परिक्षण र दुई वटा माइनर सहित ४५ जनाको निशूल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको उद्योग वाणिज्य संघका इकाई सभापति तेजिन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २०० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ ।

Bhautik ministry notice about road

हिमालय आँखा अस्पतालका शल्य चिकित्सक डा. कृष्ण गुरुङ, बिजय पौडेल सहितको स्वास्थ्यकर्मीहरुको टोलीले निशूल्क आँखा परिक्षण, परामर्श, चश्मा र औषधी वितरणका साथै मोतियाबिन्दुको शल्यक्रिया सम्वन्धी सेवा दिएको हो ।

मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएकी ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको शल्याक्रिया सफल भएको छ । बन्द भएका आँखाले पुनःदेख्न थालेपछि दंग परेकी सुबेदीले खुसी ब्यक्त गर्नुभयो । स्टे«चरमा बोकेर ल्याइएकी लुलाङकी ७५ वर्षीय काली विकको दुई वटै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेपछि आफै हिडेर घर जानुभयो ।

पोखरामा घरौटी राख्ने पैसा नभएपछि फर्किएका मंगला गाउँपालिका–२ का ७५ वर्षीय लालबहादुर बिकको पनि ताकममा मोतियाबिन्दुको शल्यक्रिया सफल भयो । आर्थिक अभावमा पोखरामा शल्यक्रिया गर्न नसकेपछि आफन्तले फर्काएर सिधै ताकमको शिविरमा लगेका थिए ।

स्टे«चरमा बोकेर ल्याइएकी लुलाङकी ७५ वर्षीय काली विकको दुई वटै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेपछि आफै हिडेर घर जानुभयो । पोखरामा घरौटी राख्ने पैसा नभएपछि फर्किएका मंगला गाउँपालिका–२ का ७५ वर्षीय लालबहादुर बिकको पनि ताकममा मोतियाबिन्दुको शल्यक्रिया सफल भयो ।

आर्थिक अभावमा पोखरामा शल्यक्रिया गर्न नसकेपछि आफन्तले फर्काएर सिधै ताकमको शिविरमा लगेका थिए । ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ, मल्कवाङ, देविस्थानका बासिन्दाहरु लाभान्वित हुने जनाइएको छ । विभिन्न कारणले आँखा उपचारको सुबिधाबाट बञ्चित भएका दुर्गम र विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको वडा अध्यक्ष कलानिधी शर्माले बताउनुभयो । गाउँमै आँखा उपचार सेवा पाउँदा सर्वसाधारण उत्साहित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...