मालिकामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

Gandaki Pardesh notice

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा बिहिबार नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संगठन कमिटि चयन भएको छ ।

दरवाङमा भएको दुई वटै संगठनको संयुक्त सम्मेलनबाट भोमसरा रोकाको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारीको ३५ सदस्यीय र दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको हो ।

Bhautik ministry notice about road

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली (सुविन)ले माओवादीले उठाएको समावेशी, समानुपातिक व्यवस्था र विभेद अन्त्यको मुद्दा संबिधानमा सम्बोधन भएको र त्यसवाट दलित, जनजाति समुदाय र महिला लाभान्वित हुन थालेका बताउनुभयो ।

Shreekrishna hardwear in news

दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर वि.क, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ज्योति लामिछाने र गौरी सेञ्चुरीले माओवादीको एजेण्डा अनुसार लागू भएको संघीय ब्यवस्थाको व्यवहारिक कार्यान्वयन गरि जनतालाई सेवा, सुविधा, विकास र सम्बृद्धिको अनुभव गराउन आगामी चुनावमा माओवादीलाई जिताउनुपर्ने बताउनुभयो ।

दलित मुक्ति मोर्चाका म्याग्दी जिल्ला इञ्चार्ज पदम किसान र संयोजक पृथीलाल विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...