गलेश्वर–भगवति सडक निर्माणमा भएको ढिलाइप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

Shreekrishna hardware

बेनी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिले म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक निर्माणमा भएको ढिलासुस्ति प्रति ध्यानाकर्षण गराएको छ ।

माओवादीको गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी, २ नम्बर वडा कमिटिका अध्यक्ष बालकृष्ण कटुवाल र अनेरास्ववीयू क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम केसीको टोलीले पुर्वाधार विकास कार्यालय म्याग्दी, रघुगंगा गाउँपालिका, वडा कार्यालय र स्थानीय प्रशासनमा बिहिबार ध्यानाकर्षणपत्र बुझाएको हो ।
सडक निर्माणलाई तिव्रता दिन र अधकल्चो तथा अलपत्र बन्न नदिन सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइएको भण्डारीले बताउनुभयो । रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास कार्यालयद्धारा वि.स. २०७६ देखि शुरु भएको योजना पचास प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम” अन्तरगत प्रदेश संसाद बिनोद केसीको सिफारिसमा बि.स. २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु. १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna
Ban devision notice

बि.स. २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीति अनुसार २०७८ चैत मसान्तसम्म थपिएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । निर्माण ब्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न सकेका छैनन् ।

कच्चि र साँघुरो अवस्थाको आठ किलोमिटर दुरीको सडकलाई ग्रेड मिलाई ८ मिटर फराकिलो बनाएर ५.५ मिटर चौडाइमा कालोपत्रे गर्न योजना शुरु भएको थियो । पिप्लेको रघुगंगा माबी अगाडीदेखि भगवति सम्मको पाँच किलोमिटर खण्डको अधिकांश ठाउँमा सडक बिस्तार, पर्खाल र नाली निर्माण गरेपनि पछिल्लो समय गति सुस्ताएको छ ।

गलेश्वर देखि बगैचा र बगैचा देखि रघुगंगा माविको भवन अगाडीसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । गलेश्वर देखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैचादेखि रघुगंगा मावि सम्मको सडक राहुघाट जलबिद्युत आयोजनाले कालोपत्रे गर्ने भएको छ ।

यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवति र बेगखोलाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने अपेक्षा छ । बि.स. २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुदै आएको थियो । जिर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...