जलजलामा दलित मुक्ति मोर्चा

Add Samajik bikash office

मिलनचोक । पर्वतको जलजला गाउँपालिकामा बुधबार सन्तबहादुर परियारको अध्यक्षतामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको पालिका समिति चयन भएको छ ।

मिलनचोकमा भएको मोर्चाको पहिलो सम्मेलनबाट चयन भएको समितिको उपाध्यक्षमा टुंगलाल सुनार, संगिता परियार, रमेश परियार, सचिबमा मनिलाल नेपाली, कोषाध्यक्ष सामान परियार र सहसचिव पुरुषोत्तम परियार चयन हुनुभएको छ ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

सम्मेलनमा मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर बिश्वकर्माले माओवादी आन्दोलनका कारण आएको सामाजिक जागरणले जातीय भेदभाव विरुद्धको समाज निर्माणमा सहयोग पुगेको बताउनुभयो । विभेदरहित समाज निर्माणका लागि माओवादीको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष दिपक आचार्य (आकाश), नेता बाबुराम कार्की, दुर्गाबहादुर बिक लगायतले सम्बोधन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...