मुनामा कुरिति बिरुद्ध अन्तरक्रिया

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिकाको सहयोग र समन्वयमा सहयोगमा सामाजिक कुरितिको कारण, समस्या र समाधानका उपायका बिषयमा छलफल भएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी राना, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र गाउँपालिकाका प्राबिधिक सहायक ख्याम सुबेदीले सहजिकरण गर्नुभएको थियो । कुरीति, बालविवाह, लागुऔषधको अवस्था, यसको कानुनी उपचार, लैंगिक ंिहंसाको वर्तमान अवस्थाका बिषयमा सहजिकरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, उपाध्यक्ष रेशम छन्त्यालको स्वागत र सामाजिक विकास कार्यालयका अधिकृत छैठौ बाबुराम आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जनप्रतिनिधी, कर्मचारी, शिक्षक, आमा समूह, युवा क्लवका प्रतिनिधीहरुको सहभागिता थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...