बेनी बचतले पाँच बर्षे रणनीति बनायो

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले पाँच वर्षे रणनीतिक योजना बनाएको छ ।

कास्कीको घान्द्रुकमा फागुन २१ देखि २३ गतेसम्म सञ्चालित कार्यशाला गोष्ठिबाट रणनीति बनाएको हो । गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नवकुमार अधिकारीले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

उहाँले सवै सहकारको रणनीतिक योजनाहरु हुनुपर्ने भन्दै संस्थाले आफ्ना सदस्यहरुलाई सहज रुपमा सेवा दिनका लागि बनाएको योजना अनुसार काम अगाडी बढाउने र समय अनुकुलको कार्यहरु गर्नुपर्ने बताउनु भयो ।

Shreekrishna hardwear in news

रणनीतिक योजना बनाएका सहकारीहरु सधै एक कदम अगाडी हुने भन्दै योजना नभएका सहकारीले योजना अनुसारनै अगाडी बढनुपर्ने कुरामा अधिकारीले जोड दिनुभयो । पछिल्लो समय वित्तीय संस्थामा तरलताको समस्या देखा परेको चर्चा गर्दै उहाँले योजनावद्ध रुपमा अगाडी बढने हो भने यस्ता खालका समस्यालाई सहजरुपमा पार गर्न सकिने बताउनुभयो ।

Bhautik ministry notice about road

गोष्ठीमा संस्थाका अध्यक्ष रमेश गिरीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । गिरीले बेनी बचतको आफ्नै इतिहास भएको भन्दै सहकारीले सधै सदस्यको हितका लागि काम गरेको बताउनु भयो ।

उहाँले सहकारीले खाली बचत तथा ऋणमा मात्र काम नगरेको भन्दै सहकारीले विभिन्न कार्यक्रमहरु बनाएर सामाजिक क्षेत्रमा समेत योगदान गरेको बताउनु भयो । आगामी दिनमा पनि संस्थाको ५ वर्षे रणनीतिक योजनामा सामाजिक कामलाई पनि उत्तिकै प्राथामिकतामा राखेको बताउनु भयो ।

सहकारीको सिद्धान्त अनुरुप सहज एवम शुलभ रुपमा वित्तिय तथा गैर वित्तिय सेवा मार्फत सदस्यहरुको समृद्ध जिवन निर्वाह गरी समाज रुपान्तरणमा टेवा पु¥याउने ध्येय रहेको संस्थाका प्रवन्धक सज्जन शाक्यले बताउनुभयो । सहकारीलाई उत्कृष्ट दिगो सहकारी बनाउनका लागि परिकल्पना गरेको शाक्यले बताउनुभयो ।

गोष्ठीमा संञ्चालक समिति, उप समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार र प्रबन्धकको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षयतामा भएको कार्यक्रमको संचालन सचिव माधव प्रसाद रेग्मीले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...