म्याग्दीमा मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस

Add Samajik bikash office

बेनी । म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम आयोजना गरेर ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

स्थानीय तहका महिला तथा वालवालिका शाखा, गैरसरकारी संस्था र राजनीतिक दल सम्बद्ध महिला संगठनहरुले दिवस मनाएका हुन् । दिवसको अवसरमा ¥याली, बिचार गोष्ठि, अन्तरक्रिया र खेलकुद कार्यक्रम भएका थिए ।

बेनी नगरपालिका र गैरसरकारी संस्था महासंघको आयोजनामा बेनी बजारमा महिलाहरुले पञ्चेबाजा सहितको ¥याली निकालेका थिए । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको नेतृत्वमा कार्यक्रम गरिएको थियो । यसैगरी मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा वडा स्तरमा समेत अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

हरेक वर्ष मार्च ८ का दिन विश्वभर मनाइने यो दिवसको यस वर्षको नारा ‘दिगो भविष्यका लागि लैङ्गिक समानता’ भन्ने रहेको थियो भने नेपालमा ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...