अन्नपूर्णमा दलित मुक्ति मोर्चा

Gandaki Ghumau

बेनी । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

Gunasthariya Shiksya

मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका इन्चार्ज टेकबहादुर विकले माओवादीकै जनयुद्धको कारण दलितहरुको हक हित र अधिकार संविधानमा सुनिश्चित भएकोे बताउनुभयो । उहाँले दलित, महिला, जनजाति, अल्पसंख्यक, पछाडी परेका समुदायको उत्थान र सशक्तिकरणमा माओवादीले जति योगदान कुनैपनि दलले नगरेको बताउदै सशक्त रुपमा हरेक तहको नेतृत्वमा पुग्ने गरी क्षमता विकास गर्न उपस्थितलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा माओवादीकै नेतृत्व स्थापित गराउन आगामी बैशाख ३० हुने निर्वाचनलाई ध्यानमा राखेर सक्रियता बढाउन निर्देशन समेत दिनुभएको छ ।

भेलामा प्रदेश कमिटी सदस्य एंव पालिका ईन्चार्ज बुद्धि पुन, गाउँपालिका पालिका पार्टी अध्यक्ष ओम फगामी, पार्टी जिल्ला समन्वय समिति सदस्यहरु बागबिर पाईजा, पुर्ण पाईजा, पालिका सचिव श्याम खड्का, मोर्चाका जिल्ला संयोजक पृथीलाल विक, पुर्व जिल्ला सदस्यहरु गमबहादुर गर्बुजा र लोक बहादुर पुर्जा लगायतले मन्तब्य राख्नुभएको थियो । भेलामा थमबहादुर विकको अध्यक्षता, विरबहादुर पौडेलको संचालन र संगिता विकको स्वागत रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...