सोम केसीको अध्यक्षतामा निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति

Add Samajik bikash office

बेनी । सोमबहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको एघारौ जिल्ला अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ ।

समितिको उपाध्यक्ष महिलामा तेजकुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा कलादेवि रिजाल र कोषाध्यक्षमा प्रकाश सुवेदी चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले निजामती कर्मचारी संगठन कर्मचारीहरुको हितका लागि काम गर्ने एकमात्र संगठन भएको बताउनुभयो । निजामती अस्पताल निर्माण, कर्मचारी पोसाक भत्ता उपलब्ध गराउने, दुर्गम भेगका कर्मचारीलाई थप भत्ताको व्यवस्था गर्ने लगाएतका एजेण्डा यहि संगठनले अघि सारी सफल बनाएको थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरेपछि यहाँका चार वटा पालिकाहरु दुर्गममा परेको बताउँदै थापाले ति पालिकामा खटिएका कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

उहाँले जुनसुकै सरकारी कार्यालयमा काम गर्ने सरकारी कर्मचारीहरुको कार्यशैली जनमैत्री हुन आवश्यक रहेको बताउनुभयो । जनताको काम छिटो छरितो र सहज ढंगबाट सम्पादन गरिदिने कर्मचारीलाई जनताको साथ रहने भन्दै थापाले कर्मचारीलाई श्रम अनुसारको सेवा सुविधा उपलव्ध गराउने राज्यको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तेजप्रसाद निउरेले कर्मचारीको कार्य अवधि निस्चित गर्न आवश्यक रहेको बिचार व्यक्त गर्नुभयो । कर्मचारीलाई पार्टिले आफु अनुकुल हुने गरि सरुवा गर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै कार्यालय तथा पालिकाहरुमा कर्मचारी छोटो समयमै फेरिदा कार्य सम्पादनमा समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष लेखबहादुर हमाल, निजामती कर्मचारी संगठन म्याग्दीका पूर्व अध्यक्ष यामबहादुर चोखाल, शिक्षक संगठनका निवर्तमान अध्यक्ष जयराम सुवेदी, संगठनका मंगला गाउँपालिका अध्यक्ष राजेन्द्र आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशन कार्यवाहक अध्यक्ष चित्रनाथ शर्माको अध्यक्षता, लिला गौतमको स्वागत र सोमबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...