बन्द भएका आँखाले देख्न थालेपछि दंग

Gandaki Pardesh notice

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र स्थानीय संघ संस्थाको समन्वयमा ताकममा आयोजना गरेको शिविरको दोस्रो दिन सुबेदीको मोतियाबिन्दुको सफल शल्याक्रिया भएको हो ।

मोतियाबिन्दुले बन्द भएका सुबेदीका दुवै आँखाको हिमालय आँखा अस्पताल पोखराका सर्जन डा. कृष्ण गुरुङको टोलीले ताकममै शल्यक्रिया गरेको हो । बन्द भएका आँखाले पुनःदेख्न थालेपछि सुबेदी दंग पर्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शविरको दोस्रो दिन २३२ जनाको आँखा परिक्षण र २५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हिमालय आँखा अस्पतालका चिकित्सक डाक्टर बिजय पौडेलले बताउनुभयो । पहिलो दिन ३९५ जनाको आँखा परिक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने २२ जना पहिचान भएका थिए ।

बुधबारसम्म सञ्चालन हुने शिविरमा आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रिया र औषधी बितरण सम्बन्धी सेवा दिइने म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका सभापति तेजिन्द्र थापाले बताउनुभयो ।

हिमालय आँखा अस्पतालका चिकित्सक सहित पोखराबाट आएका र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् । शिविर सञ्चालन गर्न ताकम आमा समूह, प्रहरी चौकी, स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव लगायत संघ संस्थाले स्थानीय ब्यवस्थापनमा सघाएका छन् ।

ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ, मल्कवाङ, देविस्थानका बासिन्दाहरु लाभान्वित हुने जनाइएको छ । विभिन्न कारणले आँखा उपचारको सुबिधाबाट बञ्चित भएका दुर्गम र विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । गाउँमै आँखा उपचार सेवा पाउँदा सर्वसाधारण उत्साहित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...