कल्लेनीमा विजुली बल्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।
२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष राजाराम सुबेदीले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा बिद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेट मार्फत बिद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

“कल्लेनीको ट्रान्सर्फरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ । ३२ वटा ट्रान्सफर्मर लगिसक्नु भएको छ । छिमेकी गाउँ भारवाङमा पनि बत्ती बाल्ने तयारी छ,” उहाँले भन्नुभयो “दुई वर्षअघिनै पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पु¥याएपछि मर्मत गरेर आयोजनालाई पुर्णता दिएका हौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसअघि उज्यालोका लागि सोलार, टुकि र दियालोमा निर्भर कल्लेनीबासी बिजुली बलेपछि खुसी भएका छन् । छहरीखोलाको पानीले पेल्ट्रीक सेट चलाएपनि नियमित विद्युत उत्पादन हुन सकेको थिएन् । विद्युत सुविधा भएपछि घरायसी कामकाज, उद्यम ब्यवसाय देखि बालबालिकाको पठनपाठनमा सहज भएको छ ।

धवलागिरीको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो । सबै बस्तीमा केन्द्रिय र लघुजलविद्युत परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ । धवलागिरीलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । वडा न. ४ को बगरमा सौर्य उर्जा मार्फत विद्युतिकरण गरिएको छ ।

ताकमको सबै बस्तीमा केन्द्रिय लाइन बिस्तार भएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत परियोजना मार्फत विद्युतिकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत र सौर्य उर्जा मध्य कुनै एक माध्यमको विद्युत सुबिधा पु¥याउने गाउपालिकाको योजना छ । लघुजलबिद्युत परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकार मार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...