मालिकाको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा डढेलो निभाउने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ ।

भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मालिका गाउँपालिका–५ गरजराका २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

प्रहरी नायव उपरीक्षक श्यामकुमार राइका अनुसार बोहोराको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी डढेलो निभाउने क्रममा घाइते भएका मालिका–५ का २१ व्र्षिय मनबहादुर सार्कीलाई पोखरा लगिएको छ ।

दरवाङ प्राथमिक उपचार केन्द्रमा प्राथमिक उपचार गरि हेलिकप्टर मार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजार नजिकै रहेको भिरखर्क सामुदायिक वनको सबै क्षेत्र डढेलोले सखाप पारेको छ । गएरातीदेखि डढेलो शुरु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...