पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

Gandaki Pardesh notice

सुरेन गुरुङ,
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ ।

७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको परिणाम पुरा भएको निर्माण ब्यवसायीले बताएका छन् । सम्झौता अनुसार तोकिएको परिणामको मेसिनरी र ग्यावीयन पर्खाल निर्माण सकिएपनि काम नसकिएकाले अधुरो र अधकल्चो बन्ने चिन्ता शिखबासीले गरेका हुन् ।

घोप्टेखर्क भन्दा माथि चित्रेसम्मको सडकमा पर्खाल लगाउन ठेकेदारले २८ प्रतिशत भेरियसन थप गर्न कागजात पेश गरेको छ । पेश गरेको कागजातको प्रक्रीया अघि बढेको छैन् । शिखमा सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको उपस्थितिमा बसेको जनप्रतिनिधी, राजनीतिकर्मी र अगुवाहरुको बैठकले भेरियसन थपेर बाँकी सडक निर्माणलाई पुर्णता दिन स्थानीय पुर्वाधार विकास कार्यालय कास्कीमा पहल गर्ने निर्णय गरेको छ ।

Shreekrishna hardwear in news

गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, खिबाङ, शिख हुदै घोडेपानी नजिकैको बस्ति चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७५ मंसिरदेखि आयोजना शुरु भएको थियो । पोखरेबगर देखि घार, खिबाङ, शिख हुदै घोप्टेखर्क सम्मको १४ किलोमिटर सडक बिस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दुरीमा कालोपत्रेका लागि सब बेस राखिएको छ ।

Bhautik ministry notice about road

पोखरेबगरदेखि घोप्टेखर्क सम्मको बिस्तार, ढलान र सोलीङ गर्ने अधिकांश काम सकिएको छ । तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न बि.स. २०७५ मंसिर देखि आयोजना सुरु गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना संघीय सरकारको स्थानीय पुर्बाधार बिकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ ।

कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलीङ बनाउन र ३.७५ किलोमिटर कालोपत्रे गर्न बि.स. २०७५ मंसिर ९ गते रु. २७ करोड ९१ लाख ३५ हजार २२० मा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो ।

कम्पनीका प्रतिनिधीले तोकिएको परिणामको ग्यावीयन र मेसिनरी पर्खालको काम सकिएकाले थप काम गर्न भेरियसन स्विकृत हुनुपर्ने बताएका छन् । २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण ब्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो छिटो परिबर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिरोको समस्याले ढिलाई भएको हो ।

सुरु भएदेखि आयोजनाका पाँच जना प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यबाहक वडा अध्यक्ष राजेश तिलिजाले लक्ष्य अनुसार सडकलाई पुर्णता दिन पहल गरिएको बताउनुभयो । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो ।

म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...