ताकममा आँखा उपचार शिविर शुरु

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र स्थानीय संघ संस्थाको समन्वयमा शिविर आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रिया र औषधी बितरण सम्बन्धी सेवा दिइने म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका सभापति तेजिन्द्र थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिलो दिन २७० जनाको आँखा परिक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने २२ जना पहिचान भएका छन् । हिमालयन आँखा अस्पतालका चिकित्सक डाक्टर बिजय पौडेलको नेतृत्वमा पोखराबाट आएका र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् ।

शिविर सञ्चालन गर्न ताकम आमा समूह, प्रहरी चौकी, स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव लगायत संघ संस्थाले स्थानीय ब्यवस्थापनमा सघाएका छन् । शिविरमा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनको पनि उपस्थिति थियो । ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ, मल्कवाङ, देविस्थानका बासिन्दाहरु लाभान्वित हुने जनाइएको छ ।

विभिन्न कारणले आँखा उपचारको सुबिधाबाट बञ्चित भएका दुर्गम र विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । गाउँमै आँखा उपचार सेवा पाउँदा सर्वसाधारण उत्साहित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...