म्याग्दीका गोबिन्द पौडेल माओवादीको केन्द्रिय सदस्य मनोनित

Gandaki Pardesh notice

बेनी । म्याग्दीका गोबिन्द पौडेल नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।

काठमाडौमा सोमबार भएको माओवादीको केन्द्रिय कमिटी बैठकले म्याग्दी जिल्ला इञ्चार्ज र संबिधानसभा सदस्य रहेका पौडेल लगायत ५० जना केन्द्रिय सदस्य मनोनित हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रिय सदस्य मनोनितको प्रस्ताव गर्नुभएको थियो ।

पौडेल बि.स. २०६४ को संबिधानसभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो । पौडेल केन्द्रिय सदस्यमा मनोनित भएपछि म्याग्दीका माओवादी नेता कार्यकर्ता उत्साहित भएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कुल ३४४ सदस्यीय केन्द्रीय समितिमा ५० जना मनोनीत गरेसँगै २९७ सदस्य पुगेको छ । अझै ४७ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । आठौं महाधिवेशनबाट २४७ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो ।

त्यसैगरी केन्द्रीय समितिले ८५ जना वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...