अन्नपूर्ण र मालिकाको शिक्षक संघमा नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी । नेपाल शिक्षक संघको अन्नपूर्ण र मालिका गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

पोखरेबगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिबेशनबाट शिख माविका प्रअ केदार कार्कीको अध्यक्षतामा अन्नपूर्ण र दरबाङमा भएको अधिबेशनबाट जनप्रिय माबिका प्रअ दिवाकर सुवेदीको अध्यक्षतामा संघको कार्यसमिति चयन भएको हो ।

अन्नपूर्णको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर पुर्जा पुन, सचिव बेलबहादुर बरुवाल, अर्थ सचिवमा सुर्दशन रन्तिजा, सहसचिव बिनोद तिवारी, अर्थ सहसचिव लिलाध्वज खड्का, सह–सचिव समावेशीमा चन्द्रबहादुर दमाई ,सह–सचिव महिला प्रिया फगामी रहनुभएको छ । कार्यसमिति सदस्यहरूमा देउकुमारी तिलिजा, जौमायाँ पुर्जा, नरिमायाँ गर्बुजा, हिरा पुर्जा, लोकबहादुर फगामी, रस्मी खड्का, दिनेश शर्मा, लोकबहादुर बरुवाल, शावित्री बरुवाल र बालकुमारी दर्जी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अधिवेशनको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सामाजिक, राजनीतिक परिवर्तजनका लागि शिक्षकको भूमिका महत्वपुर्ण भएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष कृष्णबहादुर बरुवाल, शिक्षक संघका पूर्व अध्यक्ष केशबप्रसाद रेग्मी, शिक्षक संघ म्याग्दीका सचिव गजेन्द्र श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मालिकाको महिला उपाध्यक्ष गंगा घर्ती, उपाध्यक्ष पोष्टबहादुर विक, सचिव मिनबहादुर सुनार, अर्थ सचिवमा कृष्ण पुन, सहसचिव बिरबहादुर खड्का, सहसचिव महिला अरुणा पाईजा, सहसचिव अर्थ दिपेन्द्र जिसी, सह–सचिव समावेशीमा गगन रोका, सह–सचिव समावेशीमा रेशमबहादुर नेपाली रहनुभएको छ ।

कार्यसमिति सदस्यमा रामकुमारी पुन, निलसरा फगामी पुन, श्रीमया रोका, जिवनकुमार पुन, सन्तोष पुन, रुमदेवी पुन, ललित पुन, चन्द्रकली सापकोटा, किरण घर्ती, खड्ककुमारी गौचन, राजेन्द्र विक, रुकमायाँ घर्ती, केशरी घर्ती र नारायण भट्टराई रहेको निर्वतमान अध्यक्ष गोपाल रेग्मीले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गदै नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् नेपाल शिक्षक संघ म्याग्दीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले शिक्षकले गुणस्तरीय शिक्षासँगै पेशागत संघसंस्थामा समेत आवद्ध भएर रचनात्मक काम गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेस प्रदेश ख सभापति टंंक पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री र निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदीले मन्तब्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...