मुनाका आगोलागी पिडितलाई काँग्रेसको सहयोग

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका आगोलागी पिडित गमिना पुनलाई नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)ले आर्थिक सहयोग गरेको छ ।

फागुन १५ गते बिद्युत सर्ट भएर आगोलागी हुदाँ मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई तले घर सहित अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएको थियो ।

Bhautik ministry notice about road

प्रदेश सभा क्षेत्र खकको कार्यसमितिको सक्रीयतामा संकलित रु. ३६ हजार ३०५, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र वडा नम्बर ५ देबिस्थानका वडा अध्यक्ष पिपला बुढाथोकीले उपलब्ध गराएको एक÷एक थान बल्याङ्केत पालिका सभापति प्रेम पुनको टोलीले आइतबार पिडितलाई हस्तान्तरण गरिएको वडा सभापति देबेन्द्र रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news

छिमेकीको घरमा आश्रय लिएर बसेका आगोलागी पिडितका लागि मुनाको उच्च मालिका युवा कल्वले रु. ४८ हजार १५५ जुटाएर हस्तान्तरण गरेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले १५ गतेनै लत्ताकपडा लगायत जिन्सी राहत सामग्री उपलब्ध गराउनुभएको थियो । पालिकाको विपद् कोषबाट थप रु. बीस हजार सहयोग गर्ने अध्यक्ष पुनले बताउनुभयो । यसैगरी ताकमका दलबहादुर खत्रीले रु. पाँच हजार सहयोग गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...