गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

Gandaki Pardesh notice

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।

लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो ।

गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु. ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो । पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन् । टिभिएसयुद्धारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धवलागिरी गाउँपालिकामा गत वर्ष शुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुल मध्य पाँच वटा सम्पन्न भएका इञ्जिनियर जिसीले बताउनुभयो । वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु. तीस लाख पचास हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रबिधिको पुल निर्माण भएको थियो ।

वडा नम्बर ४ नाउराको कोपिलाघाटमा रु. ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा रु. ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राबिधिक दिलिप थापाले बताउनुभयो । गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ ।

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राबिधिक सहजिकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...