रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की

Gandaki Ghumau

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की बितरण गरिने भएको छ । मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउने पुर्व तयारीका लागि आइतबार पोखरेबगरमा अन्नपूर्ण गाउँपालिकाका ८ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको छ ।

समुदायमा आधारित मातृ तथा नवजात शिशु स्वास्थय सेवा सुदृढीकरण जीवन सुरक्षा कार्यक्रम अन्तरगत घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउन लागिएको स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

विभिन्न कारणले स्वास्थ्य संस्थाको प्रसुति केन्द्रमा पुगेर सुरक्षित प्रसुति सेवा लिन नसक्ने अवस्थामा घरमै सुत्केरी हुदाँ हुने जोखिम न्युनीकरणका लागि वन हर्ट परियोजनाको सहयोगमा मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रमको संयोजक बरुवाल, वन हर्ट परियोजनाका जिल्ला इञ्चार्ज उपेन चन्द् र भुपेन्द्र सोनीले सहजिकरण गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सबैलाई सुरक्षित प्रसुति सेवाको पहुँचमा ल्याउनुपर्ने र घरमा प्रसुति हुनेहरुका लागि मातृ सुरक्षा चक्कीले जोखिम न्युनीकरणमा सघाउने अपेक्षा गर्नुभयो । चक्कीको आपुर्ति र प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । वडा तहमा पनि महिला स्वास्थ्य स्वमसेविकाहरुसँग छलफल गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...