गुर्जा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

Gandaki Pardesh notice

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न निर्माण शुरु भएको छ ।

संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको हो । भवनको वडा अध्यक्ष झकबहादुर छन्त्याल र गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीले शनिबार संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

६ वटा कोठा र एक तले भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री हुनेछ् । बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधी भण्डारण, प्रसुति, प्रशासनका लागि छुट्टा छुट्टै कक्ष हुने गाउँपालिकाका प्राबिधिक दिलिप थापाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भवन निर्माणका लागि बाग्लुङको पौडेल निर्माण सेवाले रु. एक करोड २६ लाख ३६ हजारमा गत मंसिरमा ठेक्का सम्झौता गरेको थियो । रु. एक करोड ३९ लाख ९७ हजार ५३८ लागत अनुमान गरिएको थियो ।

ठेक्का प्रतिस्पर्धाका क्रममा पौडेल निर्माण सेवाले पाएको हो । सात महिनाको ठेक्काको म्याद भएको भवन आगामी जेठ महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ । हाल कच्चि भवनबाट स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ ।

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । स्वास्थ्यकर्मी र सेवाग्राहीहरुलाई सहज हुने उहाँले बताउनुभयो । यसैगरी वडाका जनप्रतिनिधी र गाउँपालिकाका इञ्जिनियर तथा प्राबिधिकहरुको टोलीले गुर्जामा सञ्चालित विकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...