सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

Gandaki Pardesh notice

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माबिलाई चार जना जेष्ठ नागरिकहरुले शनिबार रु. तीन लाख ७० हजार सहयोग गर्नुभएको छ ।

च्युरीबोटमा जन्मिएर हाल बेलायतमा बस्दै आउनुभएका नरबहादुर, उहाँकी श्रीमति धनमाया, पोखरा बस्ने तनमाया पुनले रु. एक÷एक लाख र च्युरीबोटकी लालसरी घर्तिले रु. ७० हजार सहयोग गर्नुभएको छ ।

नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेको अवसरमा बिद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई उपलब्ध गराउनुभएको हो । हिन्दु धर्म मान्ने पहाडी समुदायमा ८२ वर्ष पुगेपछि चौरासी गर्ने चलन छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road
????????????????????????????????????

तनमायाले दिवंगत श्रीमान हिमप्रकाश घर्ति (पुन)को स्मृतिमा सहयोग गर्नुभएको हो । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उहाँहरुले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ति र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभयो ।

८४ वर्ष पुगेको खुसीयाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुर पुनले बताउनुभयो । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु. २५ हजार सहयोग गर्नुभएको थियो ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ३ जना निजी स्रोतका शिक्षक छन् । १६८ जना बिद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदाताहरुलाई सम्मान गरेको थियो । शिक्षक छकप्रसाद घर्तिले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का शिक्षक जिवनकुमार पुनले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...