म्याग्दीमा बन पैदावार उद्योग व्यवसाय संघ

Gandaki Pardesh notice

बेनी । म्याग्दीका फर्निचर व्यवसायीहरुको शनिबार बेनीमा भएको प्रारम्भिक भेलाले बन पैदावार उद्योग व्यवसाय संघको तदर्थ समिति गठन गरेको छ ।

कृष्ण जि.सी.को अध्यक्षतामा गठन भएको १५ सदस्यीय संघको उपाध्यक्षमा दिनेश के.सी., सचिबमा मुकुन्द शर्मा बैरागी, कोषाध्यक्षमा सुदिप बानिया र सहसचिबमा राजेन्द्रप्रसाद रेग्मी चयन हुनुभएको छ ।

सदस्यहरुमा राजकुमार क्षेत्री, वलबहादुर विश्वकर्मा, खिलबहादुर वरुवाल, गोविन्द रिजाल, ओमबहादुर किसान, लोकबहादुर हर्मेल, रिता खत्री, मिलन वानिया र समवहादुर विश्वकर्मा रहनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बालकृष्ण सुवेदी, प्रमोद श्रेष्ठ, कूविर कुमार श्रेष्ठ, डम्मर सापकोटा र छेमप्रसाद गर्वुजा रहनुभएको छ । बालकृष्ण सुवेदीको अध्यक्षता र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

भेलामा फर्निचर व्यवसायी प्रमोद श्रेष्ठ, कुविर श्रेष्ठ, लेकबहादुर पुन, डम्मर सापकोटा लगायतले विदेशवाट अनाधिकृत रुपमा आएका व्यक्तिहरुका कारण म्याग्दी, पर्वत र बाग्लुङका फर्निचर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका बताउनुभयो ।

फर्निचर दर्ताको झञ्जटिलो प्रक्रियालाई सहज बनाउन तथा अनाधिकृत व्यक्तिहरुलाई नियमनको माग गर्दै वन डिभिजन, घरेलु तथा साना उद्योग र नापी कार्यालयमा डेलिगेशन जाने निर्णय गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...