मानापाथीको हिमहिरोमा १५ चौरी मरे

Add Samajik bikash office

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका स्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर शनिबार १५ वटा चौरी मरेका छन् ।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताउनुभयो ।

Bhautik ministry notice about road

“चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,” उहाँले भन्नुभयो “हिउँले पुरिएर चौरी मरेका हुन् ।” चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए ।

Shreekrishna hardwear in news

प्रहरी, कृषक र पशु सेवा प्राबिधिकहरुको टोलीले क्षतिको विवरण संकलनका लागि घटनास्थलतर्फ गएका छन् । हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लो सहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माबिका ९ जना शिक्षक बिद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भिम थकालीका २१ वटा याक र नाक मरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...