कालीपुलमा अतिक्रमित जग्गा फिर्ता गर्न ताकेता

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका– ८ कालीपुलमा अतिक्रमण भएको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ ।

सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर–८ का जनप्रतिनिधी र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न धरधनीलाई ताकेता गरिएको हो ।

पुरानो पुल नजिकमा घरको सिमानासंग जोडिएको सार्वजनिक जग्गा घरधनिले कालीगण्डकी किनारसम्मै ओगटेपछि नगरपालिकाले नापी कार्यालय म्याग्दीको प्रविधिक सहयोगमा सार्वजनिक जग्गा छुट्याइएको बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘ब्यक्तिसंग जोडिएको साझँसिमानमा रहेको सार्वजनिक जग्गा ६ जनाले ओगटेको भेटियो,’ उहाँले भन्नुभयो ‘पत्र काटेर वा फोनमार्फत जानकारी गराएर सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गरेको छौ ।’

वडाअध्यक्ष बराईलीसहित वडासदस्यद्धय हिरा पुन र हिमबहादुर भण्डारीको उपस्थित, नापी कार्यालयका सर्वेक्षक नारायप्रसाद पौडेल र अमिन निरोज गिरीको प्राविधिक सहयोगमा ब्यक्तिले ओगटेको सार्वजनिक जग्गा छुट्याउनु भएको थियो । नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान बगैचासंगै कालीपुल बसर्पाकमा पुग्ने पैदलर्माग खोल्ने वडाको योजना रहेको अध्यक्ष बराईलीले भन्नुभयो ।

‘यस आर्थिक बर्षमा नगरपालिकाबाट विनियोजन भएको ४ लाख रुपैयाँ बजेटबाट सार्वजनिक जग्गा घेराबार गर्ने छौ,’ उहाँले भन्नुभयो ‘आगामी आर्थिक बर्षमा नगरपालिकाबाट थप बजेट विनियोजन गरेर बाल उद्यान बगैचाको पुर्वाधार निर्माण योजना रहेको छ ।’

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...