तातोपानी साना जलविद्युत आयोजना र घराप सबस्टेशन लथालिंग

Add Samajik bikash office

बेनी, बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ ।

बिद्युतको भार थेग्न नसकेपछि सो सवस्टेशनमा जडान भएको एकमात्र तीन एमविए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँवाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रिय लाइनको विद्युत वितरण हुदै आएको थियो ।

२ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत ३३÷११ केभीमा सिङक्रोलाईज (आन्तरिकिकरण) गरी घरापबाट राष्ट्रिय प्रशारणमा जोडिएको थियो । थापाखोलाको विद्युतलाई चोखोपानी सवस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको विजुलीलाई दाना स्थित सवस्टेशनमा लगिएको छ ।

Shreekrishna hardwear in news

तातोपानी साना जलविद्युत र सवस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सवस्टेशनबाट विद्युत वितरण गर्नुपरेको बताउनुभयो । “लामो समयको प्रयासपछि ६.८ एमविए क्षमताको ट्रान्सफर्मर ल्याएपनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौ,” उहाँले भन्नुभयो “दानाको २२०÷१३२ केभिए सवस्टेशनको ३३÷११ केभिए सवलाईनबाट पर्वतको मिलनचोक सवस्टेशनबाट विद्युत वितरण गरिएको छ ।”

Bhautik ministry notice about road

पुराना र जिर्ण ३३÷११ केभिए ट्रान्सफर्मर र प्रशारण लाईनमा बढी क्षमताको विद्युत पठाइएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेशनमा विद्युत काटिने) समस्या थियो । सवस्टेशन बन्द भएपछि लामो दुरीमा वितरण गर्दा विद्युत आपुर्ति अनियमित हुन थालेको अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगा पुनले बताउनुभयो । दुई वटा जलविद्युत आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत आपुर्तिमा समस्या आएको छ ।

घरापमा वि.स. २०४६ मा नेपाल विद्युत प्राधिकरणले धवलागिरी क्षेत्रमै पहिलो पटक तातोपानी साना जलविद्युत आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका वस्तीमा उज्यालो पु¥याएको थियो । गत वर्षदेखि सञ्चाजनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाले तातोपानी सानाको मुहान भन्दा माथि बाँध बानेर पानी लगेको छ ।

खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न सकेको छैन् । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत आयोजनाको ऐतिहाँसिक विरासत अन्त्य भएको छ ।

आयोजनाको विद्युतगृहका टवाईन, जेनेरेटर लगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पुर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकेको थिएन् । पाँच सय किलोवाट मात्र विद्युत उत्पादन हुने गरेको थियो । चार वटा टवाईन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...