नक्कली नोट भेटियो

Gandaki Kotihome

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा नक्कली नोट भेटिएको छ । राहुघाट जलविद्युत आयोजनाको तेस्रो अडिटमा काम गर्ने एक मजदुरले स्थानीय ब्यापारीलाई दुई हप्ता अघि दिएको नोट शंका लागेपछि परिक्षण गर्न बेनी पठाएका थिए ।

रु. एक हजार दरका दुई वटा नोटलाई सदरमुकाम बेनीमा ल्याएर एक वित्तिय संस्थामा परिक्षण गर्दा सक्कली नभएको र संकास्पद भएको पुष्टि भएको थियो । दुबै नोट बाख्ला र खस्रो भएपछि स्थानीयले बेनीमा ल्याएर वित्तिय संस्थामा उक्त नोटलाई परिक्षण गराएका थिए ।

आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको स्थानीयबासी नारायण सुवेदीले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

‘‘मजदुरबाट फेला परेका संकास्पद मानिएका नक्कली नोटले स्थानीयबासी चिन्तीत बनेका छन्,” उहाँले भन्नुभयो “पसलमा लगेका दुई वटै नोट नक्कली हुनुले कतै ठुलै संख्यामा गाउँमा नक्कली नोटको बिगविगी त भएको छैन भन्ने बिषयले गम्भीर बनाएको छ ।’’

नियोजित रुपमा नक्कली नोट फिजाइएको हुनसक्ने भन्दै उहाँले उक्त बिषयमा गम्भिर छानविन गरि दोषिमाथि कारबाही गर्नुपर्ने र उक्त कार्यलाई नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले नक्कली नोटको विषयमा अनुसन्धान थालिएको, थप तत्थ्य र प्रमाण जुटाउन नोटको परिक्षणसँगै विभिन्न प्रक्रीया थालिएको बताउनुभयो । म्याग्दीमा चुनावको मुखमा नक्कली नोट भेटिने गर्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...