जलजलामा अनेमसंघ क्रान्तिकारी

Gandaki Ghumau

साजन परियार
मिलनचोक । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) जलजला गाउँपालिका कमिटीको नेतृत्व चयन भएको छ ।

Gunasthariya Shiksya

मिलनचोकमा बिहिबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सीता मल्लको अध्यक्षतमा १०१ सदस्यीय कमिटी चयन भएको हो । कमिटिको उपाध्यक्षमा भबिसरा बिक, उपाध्यक्ष मन्जु सापकोटा, सचिब प्रगति सुवेदी रेग्मी, सह सचिब सम्झना रेग्मी र कोषाध्यक्षमा देबि कार्की चयन हुनु भएको छ ।

मिलनचोकमा सम्पन्न भएको उक्त सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य मनरुपा शर्मा, प्रदेश कमिटी सदस्य दुर्गा दर्जी, लोकराज आचार्य (सौगात), गङ्गा तिमिल्सिना, जलजला पालिका कमिटीमा अध्यक्ष दिपक आचर्य, वार्ड न ७ का वडा अध्यक्ष टुंगनाथ शर्मा लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...