धवलागिरीमा दलित मुक्ति मोर्चा

Gandaki Ghumau

बेनी । धवलागिरी गाउँपालिकामा बिहिबार नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको पालिका कमिटि गठन भएको छ ।

Gunasthariya Shiksya

ताकममा सम्पन्न भेलाबाट प्रेमबहादुर दमाई को अध्यक्षतामा ४१ सदस्यीय कमिटि चयन गरेको हो । भेलामा मोर्चाका केन्द्रिय सदस्य टेकबहादुर विश्वकर्माले दलित, विपन्न र पछाडी परेका बर्ग र समुदायको उत्थान र अधिकार प्राप्तीका लागि माओवादी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै माओवादी पार्टी बलियो भएमात्रै प्राप्त उपलब्धीहरुको रक्ष हुने बताउनुभयो ।

उहाँले माओवादीको एजेण्डाकै कारण हरेक वडामा दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । कृष्ण विकको अध्यक्षता र प्रेम दर्जीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मोर्चाका म्याग्दी इन्चार्ज पदम किसान, माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य खुमनाथ सुवेदी, जिल्ला सदसय किरण थापा, गाउँपालिका कमिटीका उपाध्यक्ष होममायाँ विक, शिक्षक संगठनका भेषनाथ गौतम लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...