ताकममा ब्याडमिन्टन प्रतियोगिता

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार धवलागिरी जनयुवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

२० समूहले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । बुर्तिवाङका डिलेन्द्र पुन र सलिन पौबीको जोडि प्रथम, बौद्ध युवा क्लव बेनी मंगलाघाटका पुबेरा मगर र रामचन्द्र खत्रीको जोड दृतीय हुनुभएको छ ।

बिजयी र उपबिजेता टिमले नगद रु. ३५ हजार र रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । अमृत थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य देवबहादुर थापा, स्थानीय मनबहादुर भण्डारी, ताकम प्रहरी चौकीका प्रमुख यामबहादुर थापा, पुष्कर भण्डारी, थमबहादुर मगर र दलबहादुर खत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...