निर्माण व्यवसायी महासंघको उपाध्यक्षमा जिसीको उमेद्वारी

Add Samajik bikash office

बेनी, नेपाल निर्माण व्यवसायी महासंघको आसन्न अधिवेशनबाट चयन हुने कार्यसमितिको उपाध्यक्षमा म्याग्दीका नारायण जिसीले उमेद्वारी घोषणा गर्नुभएको छ ।

Bhautik ministry notice about road

निर्माण व्यवसायी संघ म्याग्दीका बाहलवाला अध्यक्ष रहेका जिसीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रिय उपाध्यक्षमा दावी गर्नुभएको हो । जिसीले दुई कार्यकाल निर्माण व्यवसायी संघ म्याग्दीको नेतृत्व गर्नुभएको छ ।

जिसीले दिवंगत बहिनीको स्मृतिमा स्थापना गरेको गंगा जिसी फाउण्डेशन मार्फत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । फागुन २७ र २८ गते काठमाडौमा अधिवेशन हुदैछ् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...