बेनीकोतको जिर्णोद्धार थालियो

Gandaki Pardesh notice

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ ।

बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी नगरपालिकाको रु. आठ लाख सहयोगमा कोतघर जिर्णोद्धार शुरु गरेको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताउनुभयो ।

“छानो चुहिने, भुइमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो,” उहाँले भन्नुभयो “पुरानो स्वरुप कायम रहने गरी संरचना बनाउने डिजाइन तयार भएको छ ।” कोतघरको छाना र पर्खालका ढुङ्गा निकालेर जिर्णोद्धारको काम शुरु गरेको समितिले जनाएको छ । त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरि संरचना बनाइने कोतघरको छानामा तीन वटा गजुर राखिने भएको छ ।

Shreekrishna hardwear in news

बि.स. १६३१ देखि नेपाल एकिकरण नहुँदासम्म ३४२ बर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । तत्कालीन पर्बत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।

Bhautik ministry notice about road

ऐतिहाँसिक महत्वका तोप, खुकुरी, तरबार लगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर जिर्णोद्धार गर्न लागिएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

“ऐतिहासिक कोतघरलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न ब्यवस्थापन र संरक्षणमा जुटेका हौ,” उहाँले भन्नुभयो “रु. पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई ब्यवस्थित र संरक्षण गर्न पूर्बाधार निर्माण भएको छ ।”

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुईमा इटा राख्ने काम सकिएको बताउनुभयो । यसअघि उपयोगबिहिन रहेको सो जग्गामा बालबालिका खेल्न र जेष्ठ नागरिकहरुलाई टहलिन मिल्ने गरि पूर्बाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ ।

यस कोतघरमा बडादशै र चैते दशैमा पुजाआजा तथा बली चढाउने गरिन्छ । कोतघरलाई पुननिर्माण र संरक्षण गर्न सकेमा बेनीमा भित्र्ने पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनाउन सकिने सम्भावना देखिएको छ । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकहरुको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...