आम्बोटमा सामुदायिक भवन निर्माण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–२ आम्बोटमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा आम्बोट आमा समूहले भवन बनाएका हुन् ।

एक वटा सभाहल सहित दुई कोठे भवन र शौचालय निर्माण भएको आमा समूहकी अध्यक्ष लक्ष्मी सुबेदी घिमिरेले बताउनुभयो । एक सय जना क्षमताको सभाहल भएको भवन निर्माणका लागि नगरपालिकाले रु. छ लाख पचास हजार उपलब्ध गराएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीयबासीहरुले श्रमदान गरेर भवन निर्माण गरेका थिए । भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको छ । यसअघि ब्यक्तिका घर र खुल्ला ठाउँमा बैठक बस्ने गरेका थिए ।

चर्को घाम लाग्दा र पानी पर्दा कार्यक्रम गर्न समस्या हुने गरेको थियो । भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि पनि सामुदायिक भवन उपयोगी हुने बताइएको छ । भवनको मंगलबार बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले उद्घाटन गर्नुभयो ।

अध्यक्ष थापाले बेनपा –२ को बगरफाँट, तमाने, बिमिराबोट र भकुण्डेमा एक÷एक तथा फापरखेतमा दुई वटा सामुदायिक भवन निर्माण भएको बताउनुभयो । देबेन्द्र घिमिरेको सञ्चालन, लक्ष्मी सुबेदी घिमिरेको अध्यक्षता, बिष्णु सापकोटाको स्वागतमा भएको उद्घाटन कार्यक्रममा लालबहादुर घिमिरे र अमृता घिमिरेले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...