![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
ताकम । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धवलागिरी गाउँपालिका कमिटिको प्रथम भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटि चयन गरेको छ ।
कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा हरिकला थापा, कोषाध्यक्षमा मनकुमारी लाम्गाडे रहनुभएको छ । उपसचिवमा सरिता पुन, तिल कुमारी केसी र बाल कुमारी विश्वकर्मा चयन हुनुभएको छ ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/11/Hari-auto-parts-1024x151.jpg)
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपसचिव एवम् धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महिलाहरु घरधन्दामा मात्रै सिमित नरही गाउँ र समाजको बिकास र परिर्वतनका निम्ती घर वाहिर निस्कन आवश्यक रहेको बताउनुभयो ।
नेतृत्व तहमा पुग्न महिलाहरु पनि सक्षम हुनुपर्ने उहाँको भनाई थियो । अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएका पुुनले नेतृत्व र क्षमताको विकास गर्दै अनेमसंघको राजनैतिक यात्रामा सहयात्रा गर्न अनुरोध गर्नुभयो ।
नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटि अध्यक्ष होम बहादुर थापा, सचिव रेशम छन्त्याल, नेता देव बहादुर थापा, तिल कुमारी केसी र वालकुमारी बिश्वकर्माले मन्तव्य ब्यक्त गर्नुभएको थियो । अनेमसंघ धौलागिरी गाउँपालिका संयोजक शुभादेवि पूर्जाको अध्यक्षता, अमृता भण्डारीको स्वागत र हरिकला थापाको संचालनमा सम्पन्न भएको थियो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)