नेपाल लाइफको बीमा दावी रकम भुक्तानी

Gandaki Pardesh notice

बेनी । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाले मंगलबार बीमा रकम दाबी भुक्तानी गरेको छ ।
पर्वतको जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी रकम हस्तातरण गरिएको हो ।

वडा अध्यक्ष हरि विकाश जि.सी.ले बिमाङ्क तथा बोनस रकम सहित रु. पाँच लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष जिसीले जीवन बीमा अनिवार्य आवश्यकताको विषय भएकाले सबै नागरिकहरुले अनिबार्य जीबन बीमा गर्नुपर्ने बताएका थिए । बिमित परियारलाई गत मंसिरमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सुबिधा वापतको रु. पाँच लाख रुपियाँ घरमै पुगेर प्रदान गरेको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा अध्यक्ष जि.सी.को अध्यक्षता, सिनियर एजेन्सी म्यानेजर चित्रनाथ शर्माको स्वागत मन्तब्य र उपशाखा प्रमुख रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमा गरेका रगुगंगा गाउँपालिका–२, स्थायी घर भई बेनी नगरपालिका–८ बस्ने जीतबहादुर खत्रीलाई घातक रोग सुबिधा बापतको पाँच लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ ।

११ महिना अगाडी जीबन बिमा खरिद गरेका खत्रीलाई प्याारालाईसिस भएपछी मंगलबार उनकै निवासमा पुगी कम्पनीका उपशाखा प्रमुख रेग्मीले चेक हस्तान्रण गर्नुभएको थियो । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाबाट २०७८ सालको ११ महिनामा रु. ४२ लाख ४४ हजार दाबी भुक्तानी गरेको छ ।

कम्पनीमा बीमालेख खरिद गरेका ६ जनाको परिवारलाई मृत्यु तथा घातक रोगको दाबी बापात सो रकम उपलब्ध गराईएको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताउनुभयो । मृत्यु दावी वापतको रकम चार जनालाई रु. ३२ लाख ४४ हजार रुपैंया नेपाल लाईफको बेनी शाखा मार्फत भुक्तानी गरीएको छ । त्यस्तै घातक रोग वापतको क्यान्सर रोग पिडीत एक जनालाई रु. पाँच लाख र शारिरिक रुपमा अशक्त (प्यारालाइसीस) भएका एक जनालाई रु. पाँच लाख गरी १० लाख भुक्तानी गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...