गलेश्वरमा भक्तजनको चहलपहल

Add Samajik bikash office

सजिना खड्का,


गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला भर्न भक्तजन आएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको चहलपहल बढेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महाशिवरात्री पर्वलाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर २३ वटा उपसमिति परिचालन भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने मेलामा आउने भक्तजनलाई मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । शिवरात्रीको अवसरमा महाबक्ती बाल्ने ब्यवस्थालाई निरन्तरताका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुबिधा थपिएको छ ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ ।

द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...