भारतीय सेनाका लेफ्टीनेन्ट मुस्ताङमा

Add Samajik bikash office

जोमसोम । भारतीय सेनाका लेफ्टीनेन्ट जनरल पिएन अनन्थनारायणले सोमबार मुस्ताङ पुगेर फर्कनुभएको छ ।

नेपाली सेनाको सैनिक हेलिकप्टर मार्फत मुस्ताङ पुगेका पिएनले करिब डेढ घण्टा मुक्तिनाथ मन्दिरमा पुजाआजा गरेर काठमाडौ फर्कनुभएको हो । नेपालको भ्रमणमा रहनुभएका पिएन पुजाआजाका लागि मुक्तिनाथ पुग्नुभएको हो ।

Bhautik ministry notice about road

जनरल पीएन अनन्थनारायणन मुक्तिनाथ पुग्दा सुरक्षा निगरानीमा कडाई गरिएको थियो । पिएनलाई भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन समेत रहनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भेटघाट र स्वागत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

पुनसँगै उहाँकी धर्मपत्नी पुनम गर्बुजा पुन पनि पिएनको स्वागतका लागि मुक्तिनाथ जानुभएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मुक्तिनाथको दर्शन गर्नुभएको थियो । मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...