गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

Gandaki Pardesh notice

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ ।

गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि स्नानका लागि जोखिम मोलेर नदी किनारमा पुग्नुपर्ने बाध्यता हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा भक्तजनलाई स्नान सुबिधाका लागि ‘लिफ्ट’ प्रबिधी जडान गरेर कालीगण्डकीको पानी गलेश्वरमा तानिएको हो ।

Shreekrishna hardwear in news

स्नानका लागि ११ वटा गौमुखी धारा जडान भएको छ । कालीगण्डकी नदी किनारमा बनाइएको इनारबाट बिद्युतको सहायताले चल्ने ‘समसिबल वयल पम्प’बाट तानिएको पानी ४५ मिटर माथि रहेको ओभरहेट टंकीमा संकलन हुन्छ ।

कालीगण्डकी किनारमा नौ मिटर गहिरो इनार बनाइएको छ । जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड टंकीको पानी पाइप मार्फत धारामा पु¥याइएको निर्माण समितिका सचिब राम बानियाले बताउनुभयो ।

उहाँका अनुसार आयोजना निर्माणका लागि खानेपानी कार्यालयले रु. ३८ लाख एक हजार ५०९ अनुदान सहयोग गरेको छ । गौमुखी धारा बनाउन दाताहरुबाट रु. आठ लाख ८७ हजार सहयोग प्राप्त भएको छ । कुल रु. ४६ लाख ८३ हजार ३९५ आम्दानी, रु. ४५ लाख १६ हजार ९०३ खर्च र रु. एक लाख ७६ हजार ७९२ बचत रहेको सचिब बानियाले बताउनुभयो ।

Bhautik ministry notice about road


गत असारमा संरचना तयार भएको थियो । दाताबाट सहयोग जुटाएर धारा बनाएर सञ्चालनमा ल्याइएको हो । धाराको सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो । उहाँले गलेश्वरलाई नेपालकै नमुना धार्मिक पर्यटकीय स्थल बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

कालीगण्डकी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर दर्शन र पुजाआजाका लागि आउने भक्तजन हाल स्नानका लागि नदी किनारमा पुग्ने गरेका थिए । महाशिवरात्री, बालाचर्तुदर्शी, साउन महिनाको सोमबारका दिन धार्मिक मेला लाग्ने गलेश्वर पश्चिमको पशुपतिनाथ र मुक्तिनाथको प्रवेशबिन्दु मानिन्छ ।

मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि स्नानका लागि किनारमा जाने समय बचत हुने, झञ्जट र दुख नहुने तथा स्नानका क्रममा चिप्लीले, नदीले बगाउने जस्ता जोखिम नहुने उपभोक्ता राधिका आचार्यले बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीको सञ्चालन र अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गर्बुजा लगायत चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...