बेनीमा नेपाल बन्दको असर

Gandaki Pardesh notice

बेनी । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग राख्दै बिभिन्न छ वटा दलले आव्हान गरेको नेपाल बन्दको असर सोमबार म्याग्दीमा पनि परेको छ ।

नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले आव्हान गरेको बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरिमा चल्ने सार्वजनिक यातायात ठप्प भएका छन् ।

Bhautik ministry notice about road

निजी तथा सार्वजनिक शैक्षिक संस्थाको पठनपाठन बन्द भएको छ । सरकारी कार्यालय, बैंक बित्तीय र सरकारी संस्थाहरु खुलेपछि सेवाग्राहीको संख्या न्युन छ । बन्दकर्ताहरुले बेनी बजारमा पसल बन्द गराउदै हिडेका छन् ।

Shreekrishna hardwear in news

एम्बुलेन्स, प्रेस, दूध, तरकारी बोकेका गाडी तथा सवारी साधन भने चल्ल दिइएको राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छबी विश्वकर्माले बताउनुभयो । सार्वजनिक तथा निजी सवारी साधन नचल्दा काम बिशेषले गन्तब्यमा पुग्न सर्वसाधारणलाई सास्ती भएको छ । चोक चोकमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

आइतबारको प्रतिनिधीसभा बैठकले एमसीसी परियोजनाको सम्झौता अनुमोदन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...