चिमखोलामा पशुस्वास्थ्य शिविर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा फागुन १२ गते भएको शिविरबाट ५४ घरधुरी कृषक लाभान्वित भएका छन् । चार हजार ६५३ पशुपंक्षीको नमुना परिक्षण गरि कृषकहरुलाई परामर्श र औषधी वितरण गरिएको केन्द्रले जनाएको छ ।

Bhautik ministry notice about road

भौगोलिक रुपमा दुर्गम तथा विकट क्षेत्रका कृषकहरुलाई गाउँमै पशु स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउने र पशुमा बाँझोपनको समस्या न्युनीकरण गर्ने उद्देश्यले रघुगंगा गाउँपालिकासँग समन्वय गरेर शिविर आयोजना गरिएको केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष देउप्रसाद पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रका प्राबिधिक गणेश रिजाल र स्वागत प्रशासन शाखाका बिष्णुप्रसाद पौडेलले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...