मुनामा आगोलागीबाट घर जल्यो

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार दिउँसो आगोलागी हुँदा एक वटा घर जलेर नष्ट भएको छ ।

मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई तले घरमा बिद्युत सर्ट भएर आगोलागी भएको थियो । स्थानीय देबेन्द्र रोकाले आगोलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयो ।

रु. पाँच हजार नगद, २५ केजीको पाँच बोरा चामल, पाँच मुरी मकै, चार मुरी कोदो, एक मुरी जौ, एक मुरी गहुँ र दश पाथी भट्ट जलेको छ । यसैगरी १० पाथी केराउ, १६ थान सिरक, २ थान बलाङकेट, छ थान दसना, एक थान मोवाइल सेट, दुई सिलिण्डर ग्याँस, एक वटा खाट र एक वटा पलङ र १६ थान गुन्द्रि नष्ट भएको रोकाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दिउँसो १ बजेतिर आगोलागी शुरु भएको थियो । स्थानीयबासीहरुले आगो निभाउने प्रयास गरेका थिए । घटनाको अनुसन्धानका लागि ताकमबाट गएको प्रहरी टोलीले क्षतिको बिबरण संकलन गरेको छ । घर बस्नै नमिल्ने अवस्थाको भएको छ ।

घरमुली यामबहादुर विदेशमा हुनुहुन्छ । घरमा गमिना र एक जना बच्चा बस्दै आएका थिए । छिमेकीको घरमा आश्रय लिएर बसेका आगोलागी पिडितलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले लत्ताकपडा लगायत जिन्सी राहत सामग्री उपलब्ध गराउनुभएको थियो ।

पालिकाको विपद् कोषबाट थप रु. बीस हजार सहयोग गर्ने अध्यक्ष पुनले बताउनुभयो । यसैगरी ताकमका दलबहादुर खत्रीले रु. पाँच हजार सहयोग गर्नुभएको थियो । मुनाको उच्च मालिका युवा क्लबले आगोलागी पिडितको लागि सहयोग संकलन अभियान शुरु गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...