रघुगंगामा कर शिक्षा

Gandaki Pardesh notice

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा रघुगंगा गाउँपालिकाले ब्यवसाय दर्ता शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

१०० जना ब्यवसायी र उद्यमीहरुको सहभागिता रहेको थियो । रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, कुशल ढुङ्गाना र उत्तम कर्माचार्यले सहजिकरण गर्नुभएको थियो ।

म्याग्दी उद्योग बाणिज्य संघ रघुगंगा बजार इकाई समितिका अध्यक्ष यामकुमारी गर्बुजाको अध्यक्षता र गाउँपालिकाका लेखा अधिकृत खगराज सुबेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यको पनि उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...