बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

Gandaki Ghumau

सन्तोष गौतम

बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् ।

लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् । घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेको पौडेलले बताए ।

Shreekrishna

‘बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौ भन्दा पनि मान्नुभएन्,’ उनले भने ‘हिड्न सकेको छैन् । बोल्न र सास फेर्न गाहे भएको छ ।’ पौडेलका अनुसार उनि सहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए ।

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाई बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्य परिक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुबेदीले टाउको सुन्निएकाले शनिबार रातीनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरि बिहान बेनी ल्याएको बताइन् ।

Gunasthariya Shiksya

‘बेनी अस्पतालका डाक्टरले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधी दिनुभएको छ,’ उनले भनिन् ‘सम्बन्धित शिक्षक र बिद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउदा वास्ता गर्नुभएन् ।’

मर्यादा विपरित बालमनोबैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै पौडेलका बुवा भिमप्रसादले आइतबार बिद्यालयमा निवेदन दिएका छन् । पौडेल प्रकाश माबिमा तीन बर्षदेखि अध्ययनरत थिए । बिद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आइतबार छलफलका लागि बोलाएको बताए ।

‘शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो । नबिन सरको पिरियड दिउँसो १२ः१० देखि १२ः५० सम्म हो । राजनले त्यो दिन पुरै कक्षा पढेका थिए । लेखा पछिको बिषयका सरहरुले पनि उनिको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुहुन्छ,’ उनले भने ‘आज बिहान सरलाई सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताउनुभयो । थप छानबिन र छलफल गर्दैछौ ।’

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...