शिक्षक संघ मंगलाको अध्यक्षमा राम्जाली

Gandaki Ghumau

बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिकाको शनिबार बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट पुःन टेकबहादुर राम्जालीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

संघको उपाध्यक्षमा घनश्याम सुबेदी, महिला उपाध्यक्षमा रिता बोहोरा, सचिवमा सुनिल सापकोटा, सचिव अर्थमा झलकप्रसाद शर्मा, सहसचिवमा नुरबहादुर खड्का, सह–सचिव महिलामा ज्ञानु बुढाथोकी, सह–सचिव अर्थमा धनबहादुर जिसी, सह–सचिव समावेशीमा हर्कबहादुर छन्त्याल, सह–सचिव समावेशीमा जगबहादुर रोका चयन हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सदस्यहरुमा धनमाया अर्मजा, कृष्णप्रसाद उपाध्याय, पृथलाल छन्त्याल, निलकुमारी छन्त्याल, धनमाया गौतम, गिता खत्री, सुस्मिता थापा, टिका पाईजा, गणेश सुबेदी, ज्ञानबहादुर खत्री, रुद्रबहादुर खड्का र कर्णबहादुर रोका रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर) ले सामाजिक तथा राजनीतिक विकृतिलाई निरुत्साहित गदै सुन्दर समाज निर्माण गर्न शिक्षक संघको भूमिका रहेको बताउनुभयो ।

शिक्षक संघका सदस्य नविन भट्टराई नेपाली, कांग्रेसका नेता रविन पुन, मालिका शिक्षक संघको अध्यक्ष गोपाल रेग्मी, नेपाल शिक्षक संघका अध्यक्ष नगेन्द्र खत्री, शिक्षक संघको निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदी, नेपाली कांग्रेस मंगला समितिका सभापति नरसिंह केसी, नेका प्रदेश ख का सभापति टंक पुन, नेका म्याग्दीका उपसभापति केबी भण्डारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...