रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

Shreekrishna hardware

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ ।

रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि जोन’ कार्यक्रमलाई निरन्तरता दिएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र रेडक्रसका लेखबहादुर हमालले हस्ताक्षर गर्नुभएको सम्झौतापत्रमा रघुगंगा गाउँपालिकाका बासिन्दालाई रगत परिक्षण शूल्क नलाग्ने उल्लेख छ । सर्वसाधारणको रगत परिक्षण शूल्क गाउँपालिकाले तिरिदिने भएको छ ।

Shreekrishna
Ban devision notice

गत बर्षदेखि शुरु भएको बल्ड फ्रि जोन कार्यक्रमका लागि यस वर्षपनि रु. एक लाख बिनियोजन गरेर निरन्तरता दिइएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । हालसम्म ५१ जनाले सेवा पाएका छन् ।

यसैगरी रघुगंगाको केन्द्र मौवाफाँटमा शान्त मन र आनन्दमय जिवनयापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षक रमणकुमार भट्टराइले तनाव ब्यवस्थापन र स्वस्थ्य जिवनशैली सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...